यी को हुन् कोरोना खोप लगाउने पहिलो भाग्यमानी नेपाली, यसरी पाए खोप लगाउने अवसर..





नेपालमा कहिले कोरोनाको खोप आउने निश्चित छैन । धेरैले नेपालमा खोप भण्डारण गर्ने क्षमता नभएकाले समय लाग्ने बताएका छन् भने कसैले आगामी केही महिना भित्र नेपालीले खोप पाउने आशा ब्यक्त गरेका छन् । तर यो महामारीका बिच एक नेपालीले भने यस्तो अवसर पाएका छन् ।

उनले कोरोना भाइरस विरुद्धको भ्याक्सिन लगाउने अवसर पाएका हुन् । रुसमा बसोबास गरिरहेका ६१ बर्षिय डा. महेश श्रेष्ठलाई कोरोना विरुद्धको भ्याक्सिन दिइएको छ ।गैर आवासीय नेपाली संघ एनआरएनए का उपाध्यक्ष बद्री केसीले ६१ बर्षिय श्रेष्ठलाई शनिबार कोराना भाइरसविरुद्धको भ्याक्सिन लगाएको जानकारी दिए । पहिलो चरणमा भ्याक्सिन दिने घोषणा गरेका ३० हजार जना मध्येमा डा. श्रेष्ठ छानिएका थिए ।

नेपालको सल्यान र्पुख्यौली घर भएका श्रेष्ठको नाम रसियन सरकारद्वारा अनलाइनमा लक्की ड्र मार्फत छानिएको थियो । भ्याक्सिन दिनु अघि उनको सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो ।उपाध्यक्ष केसीले कोरोना भाइरसविरुद्ध भ्याक्सिन लिने पहिलो भाग्यमानी नेपाली भएको उल्लेख गर्दै सामाजिक सञ्जालमा डा. श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन् ।

पहिलो खोपको २१ दिनपछि उनलाई दोस्रो खोप दिइने छ । निःशुल्क उपलब्ध गराइएको दुबै डोजको खोप लगाएपछि दुई वर्षसम्म कोरोना भाइरसबाट सुरक्षित रहने दावी गरिएको छ ।***यो समाचारको पूरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्***

Leave a Reply

Your email address will not be published. Required fields are marked *