मीना ढकालका लागि मु’स्किल थप बढ्यो, पूर्वपति मनोज गजुरेलले दिए यस्तो चेता’वनी





काठमाडौं । गायिका मीना ढकालका लागि मुस्किल थप बढ्ने भएको छ । चर्चित हास्य कलाकार मनोज गजुरेलले तीन वर्षअघि सम्बन्ध विच्छेद भएपछि पनि पूर्वश्रीमती मीनाले गाली गर्ने क्रम नरोकेको भन्दै कानुनी उपचारमा जाने चेतावनी दिएका छन् । पूर्वपत्नीका क्रियाकलापले आफ्नो चरित्रहनन् भएको र आफ्ना दुई छोराछोरीहरूलाई समेत असर पुर्याएको उनको आरोप छ । फेसबुकमा स्टाटस लेख्दै गजुरेलले आफ्नो व्यथा पोखेका हुन् ।

एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म मौन बसेको भन्दै उनले अहिले बाध्य भएर स्पष्टीकरण दिनुपरेको उल्लेख गरेका छन् । सम्बन्धविच्छेदपछि गजुरेलमाथि ढकालले अनेक आरोपहरु लगाउँदै आएकी छिन् । पछिल्लो समय मनोज गजुरेलले दोस्रो विहे गर्न लागेको खबरपछि मीना ढकालले अझ धेरै आरोपहरु लगाउन थालेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *