नेपालको एटिएम फुटाएर पैसा लैजान भारतबाट पेशेवर चोर नेपालगञ्ज आएका छन् । उनीहरुले एटिएममा भएभरको सबै रकम निकालेर भारत लैजाने योजना बनाएका थिए । उनीहरुको योजना सफल हुन भने पाएन ।
उनीहरुको टारगेटमा माछापुच्छ्रे बैंकको एटिएम मेसिन थियो । उनीहरुले त्यसै एटिएम मेसिनमा रहेको रकम झिक्ने योजना बनाए । उनीहरुलाई एटिएम मेसिनको निगरानी गर्न सिसिटिभी क्यामेरा हुन्छ भन्ने सायद हेक्का भएन । त्यसैले उनीहरु एटिएमबाट पैसा लैजानु अघि नै प्रहरीले उनीहरुलाई लिएर गयो ।
उनीहरुले एटिएम फोड्दा फोड्दै वडा प्रहरी कार्यालय नेपालगन्जले दुईजनालाई नियन्त्रणमा लिएको छ । राती नेपालगन्जको कारकाँदोमा रहेको माछापुच्छ्रे बैंकको एटिएम फोड्दा फोड्दै उनीहरुलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए ।
पक्राउ परेका दुबैजाना भारतीय रहेका छन् । उनीहरुमाथि अनुसन्धान भै रहेको बताउँदै एसपी रानाले उनीहरुमाथि कारबाही प्रकृया अघि बढाइएको बताए ।