युएईमा मृ’त्यु भएको भनिएका गोबिन्द जि’वितै




वैदेशिक रोजगारीमा गएका आफन्तको दु’र्घटनामा मृ’त्यु भएको खबर सुनेर बाँके कोहलपुर ११ का गोविन्दको परिवारमा ठूलो ब’ज्रपात पर्यो । दुवईमा रहेका ३८ वर्षका गोबिन्दप्रसाद शर्मालाई अरबी युवतीले चलाएको गाडी’ले ठ’क्कर दिएर मृ’त्यु भएको खबर शुक्रवार आएपछि उनको परिवार शो’कमा थियो । दुर्घ’टना स्थलवाटै एक जना बंगाली ट्याक्सी चालकले परिवारका सदस्यलाई नेपालमा फोन गरेर गोबिन्द’को मृ’त्यु भएको जानकारी दिएका थिए ।

दुवईमा आफन्त कोही नभएका कारण गोबिन्दलाई कहाँ र कसले लग्यो भन्ने समेत जानकारी नहुँदा परिवार निकै ठूलो चिन्तामा थियो । तर आइतवार आएको एउटा सुखद् खबरले भने परिवारमा केही खुसी छाएको छ । मृ’त्यु भएको भनिएका गोबिन्द घा’इेत अवस्थामा उपचारार्थ अस्पतालमा रहेको जानकारी आएपछि परिवारमा खुसी छाएको छ । तर कसैले दिएको गलत र आधा सूचनाका कारण गोबिन्दको परिवारले २ दिन सम्म नि’कै त’नाव मा बिताउनु परेको छ ।

दुवईको अस्पतालमा गोबिन्दलाई भेट्न गएका हर्क चन्द ठकुरीले घ’टनाको वास्तविकता खुलाएर सामाजिक सञ्जालमा फेसवुकमा स्टटास लेखेपछि गोबिन्दको अवस्थाको बारेमा वास्तविक जानकारी थाहा पाएको हो । उनले नेपालवाट गोबिन्दको आफन्तले उनको मृ’त्यु भएको र अस्पतालमा श’व छ बुझ्न जानु भनेर खबर आएपछि आफु भेट्न जाँदा गोबिन्दलाई जि’वितै फेला पारेको बताएका छन् ।

मलाया खबरबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *