दु:खद खबर पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाले यति धेरै कोरोना संक्र’मितको ज्या’न गयो





काठमाडौं । सोमबार नेपालमा थप ८२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४९ हजार २४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार ९५५ रहेको छ ।

पछिल्लो २४ घण्टामा ८ सय ४२ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको छ । पछिल्लो २४ घण्टामा १८ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७१६ पुगेको छ।

यस्तै हालसम्म ४७१ जना क्वारेन्टिनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *