पर्सामा लेनदेनको विषयमा झग’डा हुँदा घा’इते भएका युवकको उपचारको क्रममा वीरगञ्जको एक अस्पतालमा मृ’त्यु भएको छ । पर्साको पर्टेवासुगौली गाउँपालिका–१ सिरहीका २४ वर्षीय उमेश ठाकुरको मृ’त्यु भएको हो ।
गएको मंसिर २४ गते बिहान लेनदेनको विषयमा पर्टेवासुगौली गाउँपालिका–१ रंगपुर टाँडीका ३० वर्षीय आनन्दप्रसाद थारु र उमेश ठाकुरबीच झग’डा भएको थियो । सो क्रममा उमेश ग’म्भीर घा’इते भएका थिए ।
उनको वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा आइतबार बिहान ११ः०५ मा मृ’त्यु भएको हो । खाजा खाएको पैसा नदिएको भन्दै होटल सञ्चालक थारुले झ’गडा गर्नुको साथै गलबन्दीले ठाकुरको घाँ’टी थि’चेको प्रत्यक्षदर्शीको भनाइ छ ।
नास्ता खाएको निहुँमा छिमेकी भाइको ह’त्या भएको स्थानीय धर्मेन्द्र साहले बताए ।
‘अघिल्लो दिन भाइले होटलमा खाजा खाएको १ सय रुपैयाँ थारुको आमाले लिइसकेका रहेछन् । तर उसले पैसा दिएको छैन भनेर भाइसँग झ’गडा गरेछन्,’ उनले भने, ‘उनले घाँ’टी थि’चेर घा’इते बनाएपछि उपचारका लागि वीरगञ्ज लगिएको थियो । आज बिहान चिकित्सकले मृ’त घोषित गरिदिए ।
अस्पतालका चिकित्सडक डाक्टर श्यामबाबु पटेलका अनुसार मृ’तकको टाउकोमा रगत जमेको पाइएको जनाएको छ । ‘घाँटीमा गम्छाले कसि’एको रहेछ, बे’होस भएपछि ल’डेर उनको टाउको भुँइमा ठोक्किएको रहेछ । त्यसपछि टाउको भित्र रगत जमेर मृ’त्यु भएको देखिन्छ ।’ उनले भने ।
प्रहरीले उमेश ठाकुरको ह’त्या अभि’योगमा एकजनालाई प’क्राउ गरेको छ । पर्टेवासुगौली गाउँपालिका–१ रंगपुर टाँडीका ३० वर्षीय आनन्दप्रसाद थारुलाई प’क्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सामा मृ’तकका दाई केशव ठाकुरले आरो’पी विरुद्ध जाहेरी दिइसकेका छन् । घट’नाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।