पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाले यति धेरै कोरोना संक्र’मितको ज्या’न गयो





काठमाडौं, २८ मंसिर । मुलुकमा थप ८ सय ३० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार १ सय ८१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ८ सय ३० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप ३ सय ४८ जनामा संक्रमण फेला

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ सय ४८ जना संक्रमित फेला परेका छन् । जस अनुसार काठमाडौंमा २५८ जना, ललितपुरमा ६५ जना र भक्तपुरमा २५ जना संक्रमित थपिएका छन् ।योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख १६ हजार ९ सय ८२ पुगेको छ । योसंगै काठमाडौंमा संक्रमितको कुल संख्या ९२ हजार ९ सय ४६ जना, ललितपुरमा १४ हजार ३ सय ८२, भक्तपुरमा ८ हजार ४ सय ५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५ सय निको भए, ९ को मृत्यु

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय जना निको भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ५ सय जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको छ । निको हुनेको कुल संख्या प्रतिशतमा ९४ दशमलव ९ रहेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १० हजार ९ सय ९४ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५ सय १६ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार १ सय ८१ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १८ लाख ३१ हजार ४१ जनाको पीसीआर परीक्षण भएको छ ।यसैगरी पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ९८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *