दु:खद खबर तीन बालिकाको ला’श यस्तो अवस्थामा फे’ला पारियो




काठमाडौं । तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा ३ जना बालिकाको ला’श भेटिएको छ । प्लास्टिकको पोखरीमा डु’बेर तीन जनाको मृ’त्यु भएको हो । स्थानीय कृषक समूहले सिँचाइका लागि निर्माण गरेको प्लास्टिक पोखरीमा पौडी खेल्ने क्रममा उनीहरुको नि’धन भएको हो ।

मृ’तकहरुमा सोही वडाकी कोपिला लिम्बूका छोरीहरू ७ वर्षीया रञ्जना र ६ वर्षीया रोजनी तथा देवेन्द्र लिम्बूकी आठ वर्षीया छोरी सुहाना रहेका छन् । वडाध्यक्ष टेकराज आङखेवाले जानकारी दिनुभयो ।

शनिबार दिउँसो घरबाट खेल्न निस्किएका तीनै जना अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा प्लास्टिक पोखरीमा डु’बेको अवस्थामा ला’श भेटिएको थियो । ला’श पोस्ट मार्टमका लागि जिल्ला अस्पताल म्याङलुङ लैजान लागिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *