दु:खद खबर प्लाष्टिकको पोखरीमा डु’बेर तीन बालिकाको मृ’त्यु




तेह्रथुम । तेह्रथुममा तरकारी खेतीका लागि बनाइएको प्लाष्टिकको पोखरीमा डुबेर एकै परिवारका दुईसहित तीन बालिकाको ज्या’न गएको छ ।

पोखरीमा डुबेर छथर गाउँपालिका–६ सुदापका दिदीबहिनी ७ वर्षीया रञ्जना र ५ वर्षीया रोजनी लिम्बू र ८ वर्षीया सुहानाको ज्यान गएको तेह्रथुम जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कोमल ठाकुरले जानकारी दिनुभएको छ । रञ्जना र रोजनी स्थानीय इन्द्रबहादुर लिम्बूका छोरी हुन् भने सुहाना देवेन्द्र लिम्बूकी छोरी रहेको प्रहरीले जानकारी दिएको छ ।

घटना शनिबार साँझको हो । त्यस दिन बिहान खेल्न घरबाट निस्केका उनीहरुलाई खेतीपातीमा व्यस्त अभिभावकले दिउँसो १२–१ बजेतिर कता गए भनेर खोज्न थाले । त्यस क्रममा शनिबार साँझ उनीहरु स्थानीय प्रगति कृषक समूहले बनाएको पोखरीमा मृत फेला परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *