काठमाडौ । जनकपुरमा केही दिन अघि श्रीमती र छोरीलाई ए’सि’ड छ्याप्ने श्रीमानलाई कारवाही अघि बढाइएको छ । साथै बेच्नेलाई पनि कारवाही हुने भएको छ । सरकारले हालै पारित गरेको यस सम्बन्धी कानुन अनुसार उनीहरुलाई कारवाही हुने भएको हो ।
प्रहरीले महिलाको श्रीमान र व्यापारीमाथि मु’द्दा दायर गरेको छ । महिलाका श्रीमान धनुषा सबैला नगरपालिका–६ का २६ वर्षीय सञ्जिव साह र ब्यापारी जनकपुरको निखिल स्टोरका सञ्चालक नागेन्द्र साहमाथि कारवाही प्रकृया सुरु भएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयले सञ्जिव साहलाई समेत १५ वर्ष ६ महिना कै’द र कानुन बमोजिम उपचार खर्च उपलब्ध गराउनुपर्ने अ’भियोग जिल्ला अ’दातलतमा दर्ता गराएको छ ।
गएको कार्तिक २९ गते दीपावलीको दिन जनकपुरधाम उपमहानगरपालिका ७ मा डेरा गरी बस्दै आएकी २१ वर्षीया आरती साह र छोरी रिया साहलाई धनुषाको सबैला नगरपालिका–६ का २६ वर्षीय सञ्जिव साहले ए’सि’ड छ्यापेका थिए।
श्रीमान श्रीमतीबीचको विवादको कारण केहि समयदेखि आरती माइतमा बसेर तरकारी व्यवसाय गर्दै आएकी थिइन् । आरतीको काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। छोरी रियाको हात र टाउकोमा ख’त बसेको छ।