वैदेशिक रोजगारीको निम्ति मलेसियामा सेक्रेटरी गार्डमा कार्यरत नेपाल ठेगाना धनकुटा जिल्ला निवासी ४२ बर्षिय भिम बहादुर मगरको आज बिहान करिब ८ बजेतिर कोठामा सुतिरहेकै ठाउँमा मृत्यु भएको छ।
मृतक भिम बहादुर सुरुमा मलेसिया आउदा कामगर्ने रोजगारदाता कम्पनी छोडेर भागेर बिगत ९ बर्षदेखी एक सेक्युरिटी कम्पनीसंग आबद्ध रहि अबैधानिक हैसियतमा मलेसिया क्वालालम्पुरको वाङ्सामाजु भन्ने ठाउँमा सुरक्षागार्डको काम गर्दै आएको संगै सोही कम्पनीमा कामगर्ने अर्का एक नेपालीले जानकारी गराउनुभयो।
जानकारी अनुसार मृतक भिम बहादुर बिगत १ महिनादेखि बिरामी परि थला परेर ड्युटी नगैइ कोठामै बस्दै आएका थिए।
रुघाखोकी र फोक्सोमा संक्रमणले ग्रसित भिम बहादुर बिगत एक महिनादेखि स्थानीय क्लिनिक बाट साधारण स्वास्थ्य उपचार गराईरहेको र औषधि सेवन गर्दैआइरहेको भिम बहादुर बिहानको समयमा आफ्नो ओछ्यानमै पल्टिएर साथीहरुसंग भलाकुसारी गर्दागर्दै मृत्युलाई अंगाल्न पुगेको कुरा प्रत्येक्षदर्शी नेपालीहरुले बताए।