पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाले यति धेरै कोरोना संक्र’मितको ज्या’न गयो





५ हजार २ सय ४२ जनाको परीक्षण गर्दा मुलुकमा ८ सय ९९ संक्रमित थपिए
काठमाडौं, २७ मंसिर । मुलुकमा थप ८ सय ९९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार २ सय ४२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ८ सय ९९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप ४ सय ८२ जनामा संक्रमण फेला
यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ सय ८२ जना संक्रमित फेला परेका छन् । जसमा १ सय ९६ महिला र पुरुष २ सय ८६ रहेका छन् ।योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख १६ हजार ६ सय ३४ पुगेको छ । योसंगै काठमाडौंमा संक्रमितको कुल संख्या ९२ हजार ६ सय ८८ जना, ललितपुरमा १४ हजार ३ सय १७, भक्तपुरमा ८ हजार ४ सय २७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५९ निको भए, १५ को मृत्यु

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ जना ५९ निको भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ३ सय ५९ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ११ हजार ६ सय ७३ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५ सय १९ रहेको छ ।पछिल्लो २४ घण्टामा देशभर ५ हजार २ सय ४२ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १८ लाख २५ हजार ८ सय ६० जनाको पीसीआर परीक्षण भएको छ ।यसैगरी पछिल्लो २४ घण्टामा १५ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ८९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *