काठमाडौं । भक्तपुर, महोत्तरी, बर्दिया र तेह्रथुमका विभिन्न स्थानमा बिहीवार ४ जना मृ’त अवस्थामा फेला परेका छन् ।
भक्तपुर, चाँगुनारायण नगरपालिका-४ फुलबारी डेरा गरी बस्ने काभ्रे खानीखोला गाउँपालिका-७ घर भएकी ३६ वर्षीया अन्तरीमाया थिङ आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन् ।
त्यस्तै महोत्तरी, बर्दिबास नगरपालिका-१४ सुभम बस्ती बस्ने गोमा श्रेष्ठको घरको बाथरुममा धनुषा मुखियापट्टी मुसरनिया गाउँपालिका-२ बस्ने २८ वर्षीय बेचन महतो मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै बर्दिया, राजापुर नगरपालिका-७ बेलासा बस्ने ६३ वर्षीय तुल्सिराम थारु आफ्नै घरदेखि करिब ३ किलोमिटर टाढा कुलोमा मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै तेह्रथुम, फेदाप गाउँपालिका-१ स्थित कोया खोला र तमोर नदीको दोभानमा सोही गाउँपालिका-१ बस्ने ६१ वर्षीय शेर बाहदुर तामाङ मृत अवस्थामा फेला परेका छन् ।