ट्र्याक्टर चालकको मृ’त्युका कारण राजमार्ग अव’रुद्ध, प्रहरीद्वारा अश्रु’ग्यास प्र’हार





कावासोती : ट्र्याक्टर चालकको मृ’त्युका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा त’नाव सिर्जना भएको छ। चालकको मृ’त्युपछि दुम्किवासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। स्थानीयवासीले मृ’त्युको घ’टनालाई लिएर प्रहरी कार्यालय घेराउ र राजमार्ग अवरु’द्ध गरेका हुन्।

मध्यरातमा खोलामा अवैधरूपमा गिट्टी लिन पुगेको ट्र्याक्टर चालकको मृ’त्युपछि राति १ बजेदेखि तनाव सिर्जना भएको हो। प्रहरी टोली खोलामा पुग्दा नदीजन्य पदार्थ अवै’धरूपमा निकाल्दै गरेका ट्र्याक्टर भाग्ने क्रममा दुर्घ’टनामा परेको प्रहरीको भनाइ छ। स्थानीयवासीले भने प्रहरीको कुटाइका कारण चालकको ज्यान गएको भन्दै वि’रोधमा उत्रिएका छन्।

विनयी त्रिवेणी–२ को पहेलीभित्ता भन्ने स्थानको विनयीखोलामा लु३त ८१७५ नंको ट्र्याक्टर दुर्घ’टना हुँदा दाङको राजापुर गाउँपालिका–४ निवासी २४ वर्षीय हरिश्याम यादवको मृ’त्यु भएको इलाका प्रहरी कार्यालय दुम्किवासका प्रमुख प्रहरी निरीक्षक विकास बमले बताए। ट्र्याक्टर भाग्ने क्रममा दुर्घ’टनामा परी ग’म्भीर घा’इते भएका चालकको राति नै भरतपुरमा उपचारका क्रममा मृ’त्यु भएको थियो।

जिल्ला प्रहरी कार्यलयको टोली खोलामा पुग्दा ट्र्याक्टर भाग्ने क्रममा दुर्घ’टनामा परेको उनले बताए। प्रहरीले चारवटा ट्र्याक्टर नियन्त्रणमा लिएको थियो। तीनवटा भने खोलामै फसेका छन्। राति ११ बजेको समयमा खोलामा घ’टना घटेको हो। चालक नयाँ भएको र बाटोबारे ज्ञान नहुँदा भाग्ने क्रममा दुर्घ’टना भएको प्रहरी निरीक्षक बमले बताए।

स्थानीयवासीले भने प्रहरीले खोलामा पिटेर घा’इते बनाएका कारण उनको मृ’त्यु भएको भन्दै राति १ बजेदेखि राजमार्ग अव’रुद्ध गरेका छन्। उनीहरुले इलाका प्रहरी कार्यालय दुम्किवास अगाडि घे’राउ गर्दै प्रदर्शनसमेत गरेका छन्। यस क्रममा प्रहरी र स्थानीयबीच झड’पसमेत भएको छ। राति झ’डपको अवस्था आएपछि प्रहरीले भीडलाई नि’यन्त्रणमा लिन १३ सेल अश्रु’ग्याससमेत प्रहार गरको छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *