दुई जना सवार मोटरसाइकल दुर्घ’टनामा पर्दा एक जनाको मृ’त्यु, एक ग’म्भीर घा’इते





काठमाडौं । मोटरसाइकल दुर्घ’टना हुँदा पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकको मृ’त्यु भएको छ भने सोही मोटरसाइकलमा सवार युवती ग’म्भीर घा’इते भएकी छन् । मृ’त्यु हुनेमा हिलिहाङ –१ का २४ वर्षीय प्रवीण कालिकोटे र घा’इते हुनेमा हिलिहाङ–२ की अन्दाजी २० वर्षीया मुना पाख्रिन छिन् ।

मेची राजमार्गअन्तर्गत हिलिहाङ–१ दुवीचौरमा सडकभन्दा तल दुर्घ’टनाग्रस्त अवस्थामा मे४प ८९४ नंको मोटरसाइकलसहित उनीहरुलाई स्थानीयवासीले आज बिहान फेला पारेका थिए । प्रहरी र स्थानीयवासीले दुवैलाई उद्धार गरी जिल्ला अस्पताल ल्याएकामा कालिकोटेलाई चिकित्सकले मृ’त घोषणा गरेका थिए । ग’म्भीर घा’इते भएकी पाख्रिनलाई थप उपचारका लागि झापा पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आफैँले चलाएको मोटरसाइकल अनि’यन्त्रित भई सडकबाट झरेको प्रहरीको अनुमान छ । मोटरसाइकल सडकबाट करिब ३० मिटर तल झरेको पाइएको छ । मध्यरात दुर्घ’टना भएको स्थानीयवासीको अनुमान छ । दुर्घ’टनाबारे थप अनुसन्धान भइरहेको जिप्रका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *