काठमाडौ । कास्की, मादी गाउँपालिका–२ ल्याप्रयाङस्थित खोलामा सोही गाउँपालिका–२ ताङतिङमा काम गर्ने रुपन्देही देवदह नगरपालिका–५ घर भएका २९ वर्षीय बल्लु परियार बुधबार मृ’त अवस्थामा फेला परेका छन् । कैलाली, गोदावरी नगरपालिका–६ भुयारास्थित बाटोमा सोही नगरपालिका–६ बडेहा बस्ने ४४ वर्षीय कालु नेपाली बुधबार मृ’त अवस्थामा फेला परेका छन् ।
काठमाडौं, गोकर्णश्वर नगरपालिका–६ नारायणटार पुल नजिक हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीया पुरुष बुधबार मृ’त अवस्थामा फेला परेका छन् ।
रुपन्देही, बुटवल उपमहानगरपालिका–९ तिनकुनेस्थित खाली जग्गामा हाल नाम, थर, वतन नखुलेका करिब ५६ वर्षीय पुरुष बुधबार मृ’त अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।