काठमाडौँ / प्रहरीले भक्तपुर मध्यपुर ठिमी नगरपालिका-६ बाट मंगलबार एक पुरूषलाई प’क्राउ गर्यो। प’क्राउ पर्ने सिन्धुपालचोक घर भई ठिमी बस्ने २८ वर्षीय आशिष गिरी थिए।
उनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले पक्रा’उ गरेको थियो। पक्रा’उ गरी उनीमाथि थप अनुसन्धान गर्न महाशाखाले महानगरीय प्रहरी परिसर भक्तपुरमा बुझाएको छ।
प्रहरीले उनलाई नक्क’ली लाइसेन्स बिक्री वितरण गरेको आरोपमा पक्राउ गरेको थियो। उनले केही वर्षदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) बिक्री गर्ने काम गर्दै आएका थिए।
यातायात कार्यलयका कर्मचारीहरूको मिलेमतोमा ट्रायल नै नदिई अनुमति पत्र बिक्री गर्ने गरेको हुन सक्ने प्रहरीको भनाइ छ।
उनले लाइसेन्सको ३० हजारदेखि सवा लाखसम्ममा बिक्री गर्ने गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
‘उनले सकेसम्म बढी बार्गेनिङ गरेर पैसा लिने गरेको रहेछन्,’ भक्तपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुवास बुढाथोकीले भने, ‘सबैभन्दा धेरै उनले सवा लाखसम्म लिने गरेको पाइयो।’