परराष्ट्रमन्त्रीद्वारा मुलुकलाई ६२ लाख नो’क्सान,,,अब होला त कारबाही ?,,,प्रतिक्रिया दिदैं शेयर गर्नुहोस् ।





काठमाडौं । ठूला देशहरु उदार हुन्छन् भन्ने लाग्न सक्छ । तर, हालै परराष्ट्र मन्त्रालयको एक निर्णय हेर्दा थाहा हुन्छ, धनी देशहरुले नीतिगत रुपमा नेपाल जस्ता गरिब देशहरुलाई कसरी शोषण गरिरहेका छन्?

अमेरिकी दूतावासको दबा’बमा हालै सर’कारले नेपा’लमा काम गरेर बस्दै आएका अमेरिकी नागरिक र उनीहरुको परिवारलाई भिसा निशुल्क दिने निर्णय गरेको छ । जसबाट नेपाललाई एक वर्षमा ६२ लाख रुपैयाँ नोक्सान हुने भएको छ ।

प्रसंग काठमाडौंको महंगोमध्ये रवि’भवनस्थित लिं’कन स्कुल’को हो । खासगरी डिप्लोम्याटका बालबच्चा पढ्ने यो स्कुलमा शिक्षकहरु धेरैजसो अमेरिकी छन् । उनीहरु कुटनीतिज्ञ होइनन्, कामदार हुन् । सुविधा भने उनीहरुलाई कुटनीतिक कर्मचारीको बराबर दिइरहेको छ ।

नेपालको अध्यागमन कानू’नअनुसार कूट’नीतिक पास’पोर्ट भएका बाहेक अन्यलाई भिषा शुल्कमा छुट दिन मिल्दैन । लिंकन स्कुलका शिक्षकहरुले नेपालमा विद्यार्थी भिषा लिएका छन् ।

विगतमा उनीहरुले कन्सुलर विभागबाट निशुल्क भिषा पाउँदै आएका थिए । गृह मन्त्रालयले कुटनीतिक पासपोर्टधारी बाहेक कसैलाई पनि भिषा जारी नगर्न कन्सुलरलाई परिपत्र गरेपछि यो वर्षदेखि लिंकन स्कुलका शिक्षक तथा कर्मचारीलाई समस्या भयो । त्यसपछि उनीहरु अध्या’गमन विभा’ग पुगे । गृह मन्त्तालयले पुरै शुल्क तिर्नुपर्ने अडान लियो । त्यसपछि अमेरिकी दूतावासले परराष्ट्र मन्त्रालयमा लबिङ गरे ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उनीहरुलाई भिसा शुल्क छुट दिने निर्णय गरे । परराष्ट्रले पु’रानो कुट’नीतिक स’म्झौतालाई देखाएर यस्तो निर्णय गरेपछि अन्ततः गृहले उनीहरुलाई भिसा छुट दिने मन्त्रिपरिषद्मा सिफारिस गरेको छ ।

परराष्ट्रमन्त्रीको यो निर्ण’यले एक वर्षमा नेपा’ललाई ६२ लाख रुपैयाँ नोक्सान भएको स्रोत बताउँछ । अरु’को देशको स्वा’र्थलाई केन्द्रमा राखेर परराष्ट्रमन्त्रीले गरेको निर्णयप्रछि गृह मन्त्रालयका अधिकारीहरु खुशी छैनन् । दृष्टिबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *