पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाले यति धेरै कोरोना संक्र’मितको ज्या’न गयो





काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामै कोरानाका कारण २३ जनाको निधन भएको छ । थप १ हजार ३८२ जनामा कोरोना भाइरसको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी देशभरमा १ हजार ३८२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १२ हजार ६८६ रहेको छ।

पछिल्लो २४ घण्टामा थप १ हजार ६२१ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोना निको हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २३ जनाको जना संक्रमितको निधन भएको छ। योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ६३७ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *