दु:खद खबर दुर्घ’टनामा १० जनाको मृ’त्यु





काठमाडौ । महोत्तरी, दार्चुला, काभ्रे, चितवन, झापा र ईलामका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । पिपरा गाउँपालिका-१ एकरहियास्थित सडकमा ना.१ क ४८०५ नम्बरको स्कुल बसले ज.५ प २२२९ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक पिपरा गाउँपालिका-३ बस्ने १९ वर्षीय अमित यादवको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय नविन यादवको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दार्चुला, मालिकार्जुन गाउँपालिका-१ भर्तोलास्थित सडकमा ना.३ ख ३४८५ नम्बरको ट्रक सडकबाट करिब १ सय २० मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा ट्रक चालक बैतडी न्वाली बस्ने २४ वर्षीय शेर सिंह कार्की सहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

काभ्रे, बनेपा नगरपालिका-६ नयाँ तरकारी बजारस्थित सडकमा ना.१२ प ७४२९ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२-०१७ प २७०८ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई आइतबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *