उच्च जातिको थर लेखेको भन्दै दलित युवालाई या’त’ना





कथित उच्च जातिको थर लेखेको भन्दै एक दलित युवा कु’टि’एका छन् । यो घटना भारतको हो । भारतको गुजरातमा कथित उच्च जातको थर लेखेको भन्दै एक दलित युवालाई कु’टि’एको हो ।

२१ वर्षका भरत जाधवमाथि हाम्रो जातको थर किन लेखेको भन्दै कथित उच्च जातका युवाहरुले कु’टे’को बीबीसीहिन्दीले जनाएको छ। गुजरातको अहेमदाबाद जिल्लाको सानन्द शहरमा घटना भएको हो । जाधव थर भारतमा दलित र राजपुत दुवै समुदायका मानिसले प्रयोग गर्दछन्।

यद्यपी जाधव थर आफुहरुको भन्दै कथित उच्च जातिले दावी गर्दै उनलाई थर परिवर्तनको दवाव दिएका थिए । यो थर दलितले प्रयोग गर्न नपाउने भन्दै उनलाई कु’टि’एको हो । यस घटना सानन्द जीआईडीसी प्रहरी थानामा दर्ता भएको छ।

लकडाउनका कारण कलेजको पठनपाठन बन्द भएपछि भरत सोराष्ट्रबाट सानन्द कामको खोजीमा आएका थिए। उनका आमाबुबा किसान हुन्।

आर्थिक अवस्था कमजोर भएता पनि उनले मेकानिकल इन्जिनियरिङ पढ्दै आएका छन्। साथै काम गरेर घरमा आर्थिक सहायता प्रदान गर्दै आएका छन्।

तर पढाई नभएको समयमा कलेजको लागि खर्च जुटाउन सानन्द आएका भरत माथि यस्तो घटना भएको हो । उनी केही समययता अहमदाबादको कारखानामा काम गर्दै आएका थिए।

गत डिसेम्बर एक तारिखमा भरतलाई कारखानाको गेटमा हर्षद नाम गरेका व्यक्तिले सर्टको टाँक किन खोलेको भन्दै झा’प’ड हि’र्का’एका थिएभने उनलाई दलित भएर पनि कथित उच्च जातको थर राखेको भन्दै ५–६ जनाले कु’टे’का थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *