पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाले यति धेरै कोरोना संक्र’मितको ज्या’न गयो





काठमाडौं, २२ मंसिर । मुलुकमा थप १ हजार १४ जनामा कोरोना भाइरस कोभिड १९ सं’क्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार २ सय २० जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा सं’क्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार १४ सं’क्रमित थपिएसंंगै नेपालमा सं’क्रमितको कुल संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ ।


काठमाडौं उपत्यकामा थप ४ सय ४२ जनामा सं’क्रमण फेला
यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४ सय ४२ जना सं’क्रमित फेला परेका छन् । जसमा १ सय ८८ महिला र पुरुष २ सय ५४ रहेका छन् । योसंगै काठमाडौ उपत्यकामा सं’क्रमितको कुल संख्या १ लाख १४ हजार ७ पुगेको छ ।योसंगै काठमाडौंमा सं’क्रमितको कुल संख्या ९० हजार ७ सय ७२ जना, ललितपुरमा १३ हजार ९ सय ४, भक्तपुरमा ८ हजार २ सय २८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६ सय २८ निको भए, २० को मृ’त्यु
कोरोना भाइरस कोभिड १९ को सं’क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय २८ जना निको भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ६ सय २८ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख २७ हजार ४ सय ३३ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय सं’क्रमितहरुको संख्या १२ हजार ९ सय ४८ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५ सय २७ रहेको छ ।पछिल्लो २४ घण्टामा देशभर ६ हजार २ सय ३० जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १७ लाख ९० हजार ७ सय ३९ जनाको पीसीआर परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा २० जना सं’क्रमितको मृ’त्यु हुँदा नेपालका कोरोना सं’क्रमणबाट मृ’त्यु हुनेको संख्या १ हजार ६ सय १४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *