माइत जान्छु भनेर श्रीमती प्रेमीसँग पोइल गएपछि बेहाल, श्रीमतीको जवाफले छिमेकी छक्क





काठमाडौ । ‘अर्काको बिहेमा बाजा बजाएर भएपनि मैले श्रीमतीलाई सुख्खमै राखेको थिएँ । आज उसैले मलाई मेरो दुई छोरीहरु साथैमा बोकेर छोडेर गई । मलाई यो उमेरमा एक्लै बनाएर गई ।’

यो भनाई हो नवलपुर कावासोतीका ओम बहादुर पुनको । उनी ५४ वर्षका छन् । ओम बहादुर यतिबेला आफ्नो सानासाना नानीहरुलाई सम्झिंदै रोईरहन्छन् ।
ओम बहादुरको भनाईमा उनी श्रीमतीले भएको सबै पैसा र गहनाका साथै आफ्ना दुई छोरीहरुलाई लिएर भारत गएकी छन् । माईत जान्छु भनेर हिंडेकी श्रीमतीले आफुलाई रित्तो बनाएर गएको कुरा श्रीमतीले नै फोन गरेर साथ छोडिसकेको भनेपछि उनले थाहा पाएको बताए ।

श्रीमती र छोरीहरु सम्झिंदै ओम बहादुर रुँदै भन्छन्,‘ कार्तिकको २४ गते गएकी हो । उस्ले मलाई २८ गते फोन गरेर तँलाई माया त्यागेर आएको हो । तेरा छोरी पठाईदिन्छु भनी । मलाई एक्लो पारेर गई ।’

अहिले उ भारतमा प्रेमीसँग रहेको पुनको दावी छ । उसले छोरी पठाइदिने को साथमा पठाउँछस् भनेर सोधिरहेकी छ । पुनले भने । तर पुनले अपिल गरेका छन् । दुखसुख यसै मिलेर गरि खानुपर्छ । छोरि लिएर बस्नेगरी फर्किएर आउँ । जे भयो भयो बिर्सिदिउँला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *