काठमाडौं । नेपालमा थप १०९६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १०९६ जना सं’क्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ४० हजार ९८१ संक्र’मित पुगेका छन् ।
नेपालमा हाल सक्रिय कोरोना संक्र’मितको संख्या १३ हजार ५८२ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १७५२ जना संक्र’मण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख २५ हजार ८०५ जना संक्र’मण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९३.७ रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ४९५ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १७ लाख ८४ हजार ५१९ पुगेको छ ।
त्यस्तै क्वारेन्टाइनमा ५३६ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा १३ हजार ५८२ जना रहेका छन् ।
कोरोना संक्र’मणबाट पछिल्लो २४ घण्टामा थप १७ जनाको मृ’त्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या १५९४ पुगेको छ । नेपालमा अहिले कोरोना संक्र’मणबाट मृ’त्यु हुनेको प्रतिशत ०.७२ रहेको मन्त्रालयले जानकारी दिएको छ ।