दु:खद खबर भक्तपुरमा कार दुर्घ’टना, एकको मृ’त्यु, तीन जना घा’इते





भक्तपुर। मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारको छ लेन सडकमा भएको दुर्घ’टनामा एक युवतीको मृ’त्यु भएको छ भने अन्य तीन सामान्य घा’इते भएका छन्।

भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा८च ४७५६ नंको कार आइतबार बिहान १२ः४५ बजे कौशलटारको बीच सडकको फलामे रेलिङ भाँच्दै सडक छेउमा रहेको सिमेन्टको खम्बामा ठो’किई पल्टिएको थियो। दुर्घ’टनामा कारमा सवार काठमाडौँ महानगरपालिका–४ बूम्रबराही पीपलबोट बस्ने ३० वर्षीया रिया श्रेष्ठको मृ’त्यु भएको छ।

चार जना सवार उक्त कार अनि’यन्त्रित भई दुर्घटना भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। उनले घ’टनाबारे जानकारी पाएलगत्तै घट’नास्थल पुगेर घा’इते श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल पु-याइएको बताए। घा’इते श्रेष्ठको अस्पताल पु¥याउँदा चिकित्सकले मृ’त्यु भइसकेको जनाएका थिए।

घ’टनापछि फ’रार रहेका कारका चालक मध्यपुरथिमि–१ लोकन्थली बस्ने २६ वर्षीय रञ्जित कार्कीलाई प्रहरीले बिहान निय’न्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए। सोही कारमा सवार मध्यपुरथिमि–५ राधेराधे बस्ने २६ वर्षीय विजय देउजा र सूर्यविनायक नगरपालिका–४ दधीकोट गाम्चा बस्ने २७ वर्षीय सुदीप थापालाई घ’टनाबारे प्रहरीले सोधपुछ गरिरहेको छ।

दुर्घ’टनापछि कारमा सवार ती तीन जना नै घा’इते युवतीको अवस्था हेरेर मृ’त्यु भएको भन्दै छाडेर फ’रार भएका थिए। प्रहरीले खोजी गर्ने क्रममा बिहानै निय’न्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको जनाइएको छ। दुर्घ’टनामा कार भने पूर्ण क्ष’ति भएको छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *