बिहान बिहानै आयो दु:खद खबर जिप दुर्घ’टना, तीनको मृ’त्यु, पाँच घा’इते




दुर्घ’टनामा परी मृत्यु हुनेमा बोगटन फुड्सिल गाउँपालिका–७ का वडा सचिव मञ्जु त्रिपाठी, निजकी सासू करिब ५५ वर्षकी नाम नखुलेको, केआइसिंह गाउँपालिका–४ बस्ने करिब ४० वर्षका हरिनारायण भट्ट रहेका छन् ।

यसैगरी उक्त दुर्घ’टना परी घा’इते हुनेमा बोगटान फुड्सिल गाउँपालिका–६ का करिब ३० वर्षका चालक कैलाश बम, कञ्चनपुरको भिमदत्तनगरपालिका–१९ बस्ने २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका–७ बस्ने ४० वर्षीया खेमादेवी गिरी, सोही ठाउँ बस्ने २६ वर्षीय टीकाराम गिरी तथा नाम नखुलेका अन्दाजी तीन वर्षका एक बालक रहेका छन् ।

दुर्घ’टनामा परी ज्या’न गुमा’उने तथा घा’इते भएकाहरुको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय डोटीबाट गए रातिनै प्रहरी निरीक्षक रविन्द्र चन्दको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । अहिले घट’नास्थलबाट घा’इतेको उद्धार तथा मृ’तकको लाश सङ्कलनको कार्य जारी रहेको घट’नास्थलमा खटिएका प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *