ग्यास वि’स्फोटन १८ जनाको मृ’त्यु





काठमाडौं : दक्षिणपश्चिम चीनस्थित एक कोइला खानीमा वि’षालु ग्यास चुहिँदा १८ जनाको मृ’त्यु भएको छ। शुक्रवार चुङ्चिङस्थित उक्त खानीमा कार्बन मनक्साइड चुहिएको थियो । खानीमा काम गर्ने पाँच जना अझै हराइरहेका छन् भने एक जनालाई जीवितै उद्धार गरिएको छ । उक्त घ’टनाको अधिकारीहरूले छानबिन सुरु गरिसकेका छन्।

सुरक्षासम्बन्धी नियम पालना नगरिने भएकाले चीनका खानीमा प्रायः दुर्घ’टनाहरू भइरहन्छन्। डियाशुइडोङ खानीमा कामदारहरूले भूमिगत उपकरण फुकाल्न लाग्दै गर्दा ग्यास चुहिएको थियो । उक्त खानी दुई महिनादेखि ब’न्द थियो । गत सेप्टेम्बर महिनामा चुङ्चिङस्थित अर्को खानीमा आगो लाग्दा १६ जनाको मृ’त्यु भएको थियो ।

गत वर्ष डिसेम्बरमा ग्वेजो प्रान्तस्थित अर्को कोइला खानीमा वि’स्फोटन हुँदा १४ जनाको मृ’त्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *