बर्दिया – नेपालगञ्जबाट राजापुरतर्फ गइरहेको भे १ ख २१२४ नम्बरको बस शुक्रबार प’ल्टिँदा ३४ जना घा’इते भएका छन् । तीमध्ये तीन जना ग’म्भीर घा’इते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक सुशील थापा मगरका अनुसार दुर्घ’टना गुलरिया नगरपालिका—१ खैरापुरमा भएको हो । घा’इतेको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ ।
घा’इतेमध्ये गेरुवा गाउँपालिका—६ की अन्दाजी ५५ वर्षीया माण्डवी थापा, मधुवन नगरपालिका—२ का ६८ वर्षीय जोखन थारु र गुलरिया नगरपालिका—४ का ५२ वर्षीय राम शंकर थारुलाई थप उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा पठाइएको प्रहरी निरीक्षक थापाले बताए ।
तीव्रगतिमा चलाएको बस अनि’यन्त्रित भई प’ल्टेको हो ।