कति मन रोयो यी बाबु-आमाको : दाइजो दिन नसक्दा छोरीलाई यो संसारबाट गुमाउनु पर्यो

कति मन रोयो यी बाबु-आमाको : दाइजो दिन नसक्दा छोरीलाई यो संसारबाट गुमाउनु पर्यो


काठमाडौं । आजको समयमा दाईजो प्रथा अझै कायम रहेको छ । यो बीचमा भारतमा एक महिलामाथि जे भयो त्यसले सबैलाई हैरान बनाएको छ । भारतको बिहार राज्यमा तीन लाख २० हजार रुपैयाँ दाइजो नल्याएको भन्दै आगो सल्काइएको छ । यो घटनाबाट महिलाले यो संसारबाट विदा लिएकी छिन् ।मृतकका बुबाले छोरीको कर्तव्य ज्यान भएको भन्दै एफआईआर दर्ता गरेका छन् । उनले एफआईआर त्यहाँको सिवान दारुन्डा प्रहरी चौकीमा गराएका छन् । बागौरा गाउँका चन्द्र चौधरीले उनकी छोरी गुडिया देवीले गत वर्ष ताहिरी निवासी मनोज चौधरीसँग विवाह गरेको जानकारी दिएका छन् ।

केही दिन पछि, उनकी छोरीले व्यवसाय गर्न दाइजोमा तीन लाख २० हजार रुपैयाँ मागेको उनलाई बताएकी थिइन् । उनले भने, ‘ज्वाई मनोज चौधरी, उनकी दिदी संगीता देवी र सीमा कुमारीले दिन रात मेरी छोरीलाई दुःख दिन थालेका थिए । धेरै चोटि बुझाउन कोशिस गर्यौ तर मानेनन् ।’उनले थप्दै भने, ‘अन्तमा नोभेम्बर ३ मा मेरी छोरीमाथि केरोसिनको तेलबाट आगो बालियो ।’ सूचना पाएपछि तटेरीमा पुगेका उनले छोरीको लाश आँगनमा फेला पारेका थिए । उक्त लाशलाई प्रहरीले परीक्षणका लागि पठाएको छ । प्रहरी आरोपितलाई पक्रन लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *