उदयपुरमा शक्तिशाली ब’म वि’स्फोट, ४ जना घा’इते, थप विवरणसहित





उदयपुर । कटारी नगरपालिका–८ स्थित सौर्य सिमेन्ट उद्योगको खानी क्षेत्रमा ब’म विस्फोट हुँदा ४ मजदुर घा’इते भएका छन् । खानीमा बिहीबार राति सवा १२ बजे चारपटक वि’स्फोट भएको हो ।

घा’इते हुनेमा कटारी नगरपालिका–८ का २४ वर्षीय विष्णुबहादुर मगर, वडानं ७ का २३ वर्षीय नवीन मगर, उदयपुरगढी गाउँपालिका–२ का दुर्गा तामाङ र मकवानपुरका ३० वर्षीय सागर मोक्तान छन् । इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारीका अनुसार घा’इते सबैको अवस्था सामान्य छ ।

उनीहरू कटारी अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् । ब’म कसले राखेको भन्ने खुलिनसकेको पनि भण्डारीले बताए ।चारवटा ब’म एकैसाथ प’ड्किँ’दा मजदुरहरूबीच भागाभाग मच्चिएको थियो । घट’नास्थलमा शं’कास्पद वस्तु अरू पनि देखिएपछि नेपाली सेनाको टोलीलाई खबर गरिएको भण्डारीले जानकारी दिए ।

वि’स्फोटबाट खानीमा रहेका ४ वटा एक्स्काभेटर र एउटा मोटरसाइकल पूर्ण रूपमा न’ष्ट भएको प्रहरीले जनाएको छ ।घ’टनालगत्तै डीएसपीको नेतृत्वमा टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले बताए । अज्ञा’त समूहले सुतली र स’केट ब’म राखेको हुन सक्ने प्रहरीको अनुमान छ ।

यसअघि पनि ताप्ली गाउँपालिका कार्यालयलाई लक्षित गरी मंसिर ७ गते पनि अ’ज्ञात समूहले ब’म वि’स्फोट गराएको थियो । दुवै घ’टनाबारे अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक दाहालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *