दुर्घ’टनामा ३ जनाको मृ’त्यु १५ जना घा’इते




बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१५ सखुवानीमा मोटरसाइकल दुर्घ’टना हुँदा एक युवकको मृ’त्यु भएको छ । लु ३७ प ९१७८ नम्बरको मोटरसाइकल अनि’यन्त्रित भई सडकको रेलिङमा ठो’क्किँदा मोटरसाइकल चालक ओमसतिया गाउँपालिका–१ बस्ने वर्ष ३५ का कमल प्रकाश कार्कीको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

कार्कीको क्रिमसन अस्पताल मणिग्राममा आज मृ’त्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार बैदवारले जानकारी दिए ।

यसैगरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत देवदह–१० चरङ्गे चोकमा आज बस दुर्घ’टना हुँदा १५ जना घा’इते भएका छन् । दाङबाट नारायणगढतर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ ख ००५९ नम्बरको बस अनि’यन्त्रित भई सडक छेउमा पल्टिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कायालयले जनाएको छ । घा’इतेहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

टिपर र कार ठो’क्किँदा दुईको मृ’त्यु

बर्दियाको मधुवन नगरपालिका–४ मा टिपर र कार एक आपसमा ठो’क्किएर दुर्घ’टना हुँदा दुई जनाको मृ’त्यु भएको छ । चिसापानीबाट ढुङगा लिएर गुलरिया जाँदै गरेको टिपर र विपरीत दिशाबाट आउँदै गरेको वा १६ च २४५३ नम्बरको कार आज एकआपसमा ठोक्किएर दुर्घ’टना हुँदा गुलरिया नगरपालिका-४ का २५ वर्षीय सुरेन्द्र गोडिया र कञ्चनपुरकी १८ वर्षीय निधी सुनारको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

दुर्घ’टनामा गुलरिया–४ का २५ वर्षीय कार चालक मनोज लोनिया, महेन्द्रनगरकी १७ वर्षीय कृतिका सुनार तथा कञ्चनपुरकी २५ वर्षीया कमला सुनार ग’म्भीर घा’इते भएका छन् । घा’इतेलाई थप उपचारको लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *