कोरोना सं’क्रमितको संख्या र मृ’त्युमा ‘रेकर्ड ब्रेक’ : एकदिनमा सबैभन्दा धेरै सं’क्रमण र मृ’त्यु (सूचीसहित)




एजेन्सी । कोरोना भाइरस सं’क्रमित र मृ’त्युको संख्या पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै भएको छ । पछिल्लो २४ घन्टामा ६ लाख ७८ हजार ६ सय ३१ जनामा कोरोना सं’क्रमण भएको छ । यो संख्या एकदिनमा अहिलेसम्मकै धेरै हो ।

पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै अमेरिकामा २ लाख १८ हजार ५ सय ७६ जनामा कोरोना सं’क्रमण भएको छ । त्यस्तै भारतमा ३८ हजारर ३ सय ९, ब्राजिलमा ५० हजार ८ सय ६६, रसियामा २८ हजार १ सय ४५, इटलीमा २३ हजार २ सय २५ र टर्कीमा ३२ हजार ३ सय ८१ जनामा पछिल्लो २४ घन्टामा कोरोना सं’क्रमण भएको छ ।

कोरोना सं’क्रमणबाट पछिल्लो २४ घन्टामा १२ हजार ९ सय १८ जनाको मृ’त्यु भएको छ । त्यसमध्ये सबैभन्दा धेरै अमेरिकामा २ हजार ९ सय १८ जनाको ज्या’न गएको छ । यो संख्या एकदिनमा कोरोनाबाट कुनै एक देशमा ज्या’न गुमाउनेमा सबैभन्दा धेरै हो ।

पछिल्लो २४ घन्टामा भारतमा ५ सय ७० जना, ब्राजिलमा ७ सय ७६, रसियामा ५ सय ५४, इटलीमा ९ सय ९३, मेक्सिकोमा ८ सय, पोल्याण्डमा ६ सय २०, जर्मनीमा ४ सय ४८, बेलायतमा ४ सय १४ र फ्रान्समा ३ सय २४ जनाको मृ’त्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म कोरोना संक्र’मितको संख्या ६ करोड ५५ लाख २८ हजार १ सय ३३ पुगेको छ । १५ लाख ११ हजार ७ सय २६ जनाले ज्या’न गुमा’एका छन् । ४ करोड ५३ लाख ७१ हजार ७३ जना कोरोना मुक्त भएका छन् भने १ लाख ६ हजार ६ सय ११ जनाको अवस्था ग’म्भीर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *