६ जना पुरुष र १ जना युवती जंगलमा मृत अवस्थामा फेला

६ जना पुरुष र १ जना युवती जंगलमा मृत अवस्थामा फेला

काठमाडौ । काठमाडौं महानगरपालिका–७ मित्रपार्क चोकस्थित सडक पेटिमा हाल नाम, थर, वतन नखुलेका करिब ३४ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।सल्यान, कुमाख गाउँपालिका–१ भित्रीवन चौरस्थित भेरी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।डोटी, सिलगढी नगरपालिका–२ सेती पुल नजिक सडक किनारामा सोही नगरपालिका–१ बस्ने ७५ वर्षीय लक्ष्मण साउद मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

दैलेख, गुराँस गाउँपालिका–६ माथिल्लो लटाली बस्ने २१ वर्षीया सुनिता विक सोही ठाउँस्थित लटाली जंगलमा सोमबार मृत अवस्थामा फेला परेकी छन् । सोमबार गाई चराउन गएकी उनी साँझसम्म घर नफर्केपश्चात खोजी गर्ने क्रममा उक्त जंगलमा लाश फेला परेको हो ।दार्चुला, शैल्यशिखर नगरपालिका–९ शिवपुरी धाम नजिक नहरमा बैतडी डिलासैनी गाउँपालिका–२ गन्ना बस्ने ४० वर्षीय गोबिन्द घरेडी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

कञ्चनपुर, भिमदत्त नगरपालिका–४ स्थित निर्माणाधिन भवनको कोठाभित्र हाल नाम, थर, वतन नखुलेका करिब ४२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।कास्की, पोखरा महानगरपालिका–१७ रातो पहिरो र सोही महानगरपालिका–१५ अमिनताराको बिचमा रहेको सेती नदीको बिचमा हाल नाम, थर, वतन, उमेर र महिला वा पुरुष नखुलेका व्यक्ति मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *