फेरी अर्को अष्ट्रेलिया काण्ड: प्रेमिकाले बिहे गरि अष्ट्रेलिया लैजान्छु भनि २५ लाख चैट (भिडियो हेर्नुस्)





विदेश जाने लोभमा परेर एक युवतीको मायामा परेका युवक घर न घाटका भएका छन् । अष्ट्रेलिया लैजान्छु , त्यता जान नपाए जापान भएपनि जाउँला हामी मिलेर बसौंला भनेर उनले पैसा माग्ने गरेको बताएका छन् । अष्ट्रेलिया जानु अघि अदालती विवाह गर्ने हो भनेर आफुलाई विश्वासमा पारेको युवकको भनाई छ ।

पैसा लिनका लागि युवकको घरमा जाने र म तपाईहरुकै वुहारी हो । हामी संगै मिलेर बस्ने हो । भन्दै परिवारलाई पनि विश्वासमा पारेको बताएका छन् । अष्ट्रेलिया धेरै युवाको रोजाई बन्ने गरेको छ । विदेश जाने सपना देखेका युवा आफ्नै प्रेमिकावाट ठगिएका छन् । विकास नाम गरेका युवा चितवनमा बस्छन् । आफुले प्रेमिका मानेकी युवतीले ७ महिना आफुसंग खेल खेलेको बताए । उनीसंग अष्ट्रेलिया जाने भनेर उनले २५ लाख रुपैया ठगिएका छन् ।

पोखरा लेकसाइडमा बसेर काम गर्ने गरेका युवा त्यहाँवाट उनी साउदी पुगे । साउदी जानु अघि विवाह गरेका विकासको श्रीमतीसंग सम्बन्ध राम्रो नभएपछि उनीहरु छुट्टीए । फेरी विदेश गएपछि उनी सुन्दर बजारमा बस्ने एक युवतीसंग फेसवुकमा चिनजान भयो । उनले आफु अष्ट्रेलिया जान लागेको र संगै जाउँला भन्दै पैसा मगाइन् । उनले कुराकानीकै क्रममा कोठा भाडा तिर्न समस्या भयो भनेर ७४ हजार रुपैया पठाएका थिए ।

अष्ट्रेलिया जाने लोभमा उनी साउदीवाट जागिर छोडेर आए । उनीहरु काठमाडौमा गंगबु चोकमा पहिलो पटक भेटेको बताए । त्यसपछि युवकको घरमै पुगेर म तपाईहरुकै बुहारी हो मलाई अब जानका लागि पैसा चाहिन्छ भिषा लाग्दैन भन्दै रोए पछि ५ आना जग्गा बेचेर २५ लाख रुपैया दिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *