हिटर बाल्दा काठमाडौमा आमा र एक महिने छोरीको मृ’त्यु, श्रीमान बे’होस्





काठमाडौं । रातीसँगै सुतेका दम्पती बिहान श्रीमती र छोरी मृ’त्यु अवस्थामा र श्रीमान अचे’त भेटिएका छन । उक्त घ’टना काठमाडौंको बौद्धको हो । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा किराना पसल गर्दै आएका सिन्धुपाल्चोकका शेर्पा दम्पती त्यस्तो अवस्थामा आज बिहान फेला परेको प्रहरीको भनाई छ ।

अ’चेत अवस्थामा भेटिएका पुरुष सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका ३२ बर्षका दोर्जे शेर्पा तथा मृ’त्यु हुनेमा उनकी २७ बर्षीया श्रीमती पेम्बी शेर्पा र एक महिने छोरी रहेको प्रहरीले बताएको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धले कुराकानीमा उनीहरु बिहान अबेरसम्म पसल नखोलेपछि घरबेटीले आ’शंका गर्दै प्रहरीमा खबर गरेपछि शेर्पा दम्पती त्यस्तो हा’लतमा फेला परेको जनाएको छ । प्रहरीले उनीहरु बस्ने कोठाको ढोका खोलेर हेर्दा आमाछोरी मृ’त अवस्थामा तथा दोर्जे शेर्पा भने अ’चेत अवस्थामा भेटिएका थिए । अहिले अ’चेत अवस्थामा रहेका दोर्जेलाई उपचारको क्रममा नेपाल मेडिकल कलेजमा लगिएको छ ।

प्रहरीले घ’टनाको विषयमा अनुसन्धान भैरहेको बताएको छ । प्रहरीको प्रारम्भिक आंकलन गर्दै उनीहले राती सुत्नेबेलामा कोईला र विद्युतिय हिटर बालेको हुँदा निसासिएको कारण घ’टना भएको हुन सक्ने बताएको छ ।

प्रहरी श्रोतका अनुसार उक्त कोठामा झ्याल ब’न्द अवस्थामा भएको र भेन्टिलेर नभएको बुझिएको छ । कोठामा हिटरको न्यानोले गुम्सिएर त्यस्तो घ’टना भएको हुनसक्ने अन्य स्थानीयहरुले समेत आ’शंका गरेका छन ।

प्रहरीले भने उक्त घ’टनाबारे ला’शको परीक्षण रिपोर्ट र प्रहरीको थप अनुसन्धान प्रकृयाबाट यथार्थ खुल्ने बताएको छ । त्यस घ’टनाबारे प्रहरीले अनुसन्धान प्रकृया अघि बढाइसकेको बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *