जुम्ला, १७ मंसिर । जिल्ला प्रशासन कार्यालय जुम्लाका केही कर्मचारीहरुलाई कोरोना संक्र’मण भएपछि तीन दिन सेवा प्रवाह ब’न्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले एक सूचना जारी गरी प्रशासनका केही कर्मचारीहरुमा कोभिड– १९ को परीक्षण गर्दा पोजेटिभ देखिएकाले शान्ति सुरक्षा र द्व’न्द्व व्यवस्थापनबाहेकका अन्य सेवाहरु तीन दिन सम्मका लागि ब’न्द गरिएका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो ।
प्रशासनले सार्वजनिक सूचना जारी कोरोना फैलिन नदिन तीन दिन अन्य सेवा प्रवाह ब’न्द गरिने जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको हस्ताक्षरित सूचनामा मंसिर १८ गते देखि २० गते सम्म ब’न्द गरिने भएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।