बस दुर्घ’टना हुँदा ६ जना ग’म्भीर घा’इते, चालक र सह-चालक फ’रार





सल्यान, १७८ मंसिर । नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी जाँदै गरेको ना४ख ६७१५ नम्बरको यात्रुवाहक बस सल्यानको कुमाखमा गाउँपालिका–२ खारखोलामा दुर्घ’टना हुँदा ६ जना ग’म्भीर घा’इते भएका छन् ।

घा’इते हुनेहरूमा सल्यान कुमाख गाउँपालिका–४ की ४० वर्षीया देवी बुढाथोकी, ५० वर्षीया छाया शाही, कुमाख गाउँपालिका १ का १५ वर्षीय नीमबहादुर बुढाथोकी, रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ की ३८ वर्षीया साउनी गोसाई र ४० वर्षीय खडकबहादुर गोसाई रहेका छन् ।

अर्का एक जना घा’इतेको भने परिचय खुल्न नसकेको प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिएका छन । बस सडकबाट झण्डै २५ मिटर तल ख’सेको छ ।उक्त बसमा २५ जना सवार रहेको जनाइएको छ । घा’इतेहरूलाई उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । बसका चालक र सहचालक भने फ’रार भएका जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *