दु:खद खबर : कोरोनाबाट नेपालमा आज एकैदिन यतिधेरै जनाको मृ’त्यु !





काठमाडौं, १७ मंसिर । मुलुकमा थप १ हजार ४ सय ९० जनामा कोरोना भाइरस कोभिड १९ संक्र’मणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ३ सय जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्र’मित थपिएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ४ सय ९० संक्र’मित थपिएसंंगै नेपालमा संक्र’मितको कुल संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप ७ सय २३ जनामा संक्र’मण फेला

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७ सय २३ जना संक्र’मित फेला परेका छन् । जसमा ३ सय २५ महिला र पुरुष ३ सय ९८ रहेका छन् ।उपत्यकामा काठमाडौंमा ५ सय ३१, ललितपुरमा ६१ र भक्तपुरमा ५८ संक्र’मित थपिएका छन् । योसँगै काठमाडौ उपत्यकामा संक्र’मितको कुल संख्या १ लाख १२ हजार ६० पुगेको छ ।

योसंगै काठमाडौंमा संक्र’मितको कुल संख्या ८८ हजार ८ सय ३३ जना, ललितपुरमा १३ हजार ४ सय ९३, भक्तपुरमा ८ हजार ५३ पुगेको छ ।पछिल्लो २४ घण्टामा १ हजार ५ सय बढी निको भए, ९ को मृ’त्युकोरोना भाइरस कोभिड १९ को संक्र’मणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ५ सय ६७ जना निको भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ५ सय ६७ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ ।


त्यस्तै देशभर सक्रिय संक्र’मितहरुको संख्या १६ हजार ५ सय ४७ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६ सय ५ रहेको छ ।पछिल्लो २४ घण्टामा देशभर ८ हजार ३ सय जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १७ लाख ५४ हजार ६ सय ३० जनाको पीसीआर परीक्षण भएको छ ।संक्र’मित मध्ये १० हजार ७ सय ४१ होम आइसोलेसनमा रहेका छन् भने ५ हजार ८ सय ६ जना संस्थागत आइसोलेसनमा छन् । यसैगरी पछिल्लो २४ घण्टामा ९ जना संक्र’मितको मृ’त्यु हुँदा नेपालका कोरोना संक्र’मणबाट मृ’त्यु हुनेको संख्या १ हजार ५ सय ३८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *