पाँच जना मृ’त अवस्थामा फेला,





काठमाडौ । काठमाडौं महानगरपालिका–२४ नरेदेवी जिम गल्ली डेरा गरी बस्ने धादिङ सिद्धलेख गाउँपालिका–२ घर भएका २२ वर्षीय विशाल गुरुङ डेरा कोठामा सुतिरहेको अवस्थामा मंगलबार मृ’त फेला परेका छन् ।

कञ्चनपुर, बेदकोट नगरपालिका–५ चुरेबनमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरूष सोमबार मृ’त अवस्थामा फेला परेका छन् ।

रुपन्देही सिद्धार्थनगर नगरपालिका–३ सिद्धार्थपथस्थित टिनको छाप्रामा बस्दै आएकी बुटवल घर बताउने करिब ४० वर्षीया अरुणा सुनार मंगलबार मृ’त अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यता अर्घाखाँची पाणिनी गाउँपालिका–२ आप्रा बस्ने ७० वर्षीया पुतली नेपालीको घरमा आगो ताप्ने क्रममा आ’गोले जलेर मंगलबार बिहान मृ’त्यु भएको छ ।
उता कैलाली जानकी गाउँपालिका–९ अमरावती बस्ने ४० वर्षीय खन्ते भाटको घर नजिकै कल्बटमा जमेको पानीमा डुबेर सोमबार दिउँसो मृ’त्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी उदयपुर, उदयपुरगढी गाउँपालिका–४ चारघरे बस्ने बसन्तबहादुर खपाङी मगरको घरमा सोमबार दिउँसो सोलारको ब्याट्री सर्ट भई लागेको आ’गो नजिकै रहेको सूर्यबहादुर खपाङी मगरको घरमा समेत फैलिएर आग’लागी हुँदा दुबै जनाको घर, घरभित्र रहेका सामान र नगद गरी करिब १२ लाख ५० हजार ८ सय रुपैयाँ बराबरको धनमाल ज’लेर न’ष्ट भएको छ ।

झापा, कमल गाउँपालिका–५ गुहेश्वरीटोल बस्ने जितेन्द्र धितालको घरमा सोमबार दिउँसो आग’लागी हुँदा घर, लत्ताकपडा, अन्नपात, काठपात, भाडावर्तन लगायतका सामान गरी करिब ४ लाख रुपैयाँ बराबरको धनमाल ज’लेर न’ष्ट भएको छ ।

काभ्रे, पनौती नगरपालिका–८ मल्पिस्थित सन्तोस राउतको बिन्दबासिनी भैंसी फर्ममा मंगलबार बिहान कुडो पकाउने क्रममा आग’लागी हुँदा ४ भैसी, ५ पाडा र गोठ पूर्णरुपमा ज’लेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल न’ष्ट भएको छ ।

कैलाली, गौरीगंगा नगरपालिका–१ गोप्का बस्ने यशोदा बरालको सोनिया पोल्ट्री फर्ममा मंगलबार बिहान विद्युतको तार सर्ट भई आग’लागी हुँदा फर्मभित्र रहेका कखुरा र कुखुराको दाना लगायतको सामान गरी करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल ज’लेर न’ष्ट भएको छ । स्थानीयबासी र दमकलको सहयोगमा आ’गो निय’न्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी काठमाडौ टोखा नगरपालिका–१० कर्मविनायक डेरा गरी बस्ने भारतिय नागरिक रिफक खानको कोठाबाट ढोकाको ताल्चा फोडी दराजमा रहेको ५० हजार रुपैयाँ नगद सोमबार साँझ चोरी भएको छ । महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले चोरीमा संलग्न फ’रार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *