काठमाडौ । नुवाकोटको तारकेश्वर गाउँपालिका-६ मा मोटरसाइकल दुर्घ’टना हुँदा नेकपाका नेता रामबहादुर तामाङको नि’धन भएको छ।
गएराति तारेकश्वर गाउँपालिका-१ दाङसिङबाट आफ्नो घर डाँडाखर्कतर्फ फर्कने क्रममा छागेखोला भन्ने ठाउँमा भिरबाट बा२७ प ८६५८ मोटरसाइकल ख’स्दा तामाङको घट’नास्थलमै नि’धन भएको प्रहरीले जनाएको छ।
धादिङका प्रहरी प्रमुख तुलबहादुर कार्कीका अनुसार दाङसिंह–डाँडाखर्क सडकखण्डको छागेखोला भिर भन्ने स्थानमा तामाङ चढेको मोटरसाइकल अनि’यन्त्रित भएर दुर्घ’टना हुँदा उनी अढाई किलोमिटर तल ख’सेका थिए।
दुर्घ’टनापश्चात् मोटरसाइकल सडक छेउमै अ’ड्’कि’एको भए पनि तामाङ भने भिरबाट खसेकाले घट’नास्थलमै ज्या’न गएको प्रहरीले जनाएको छ।
दुर्घ’टनामा परेर ज्या’न गुमा’एका तामाङ विसं २०७४ वैशाखमा भएको स्थानीतयहको निर्वाचनमा तारकेश्वर गाउँपालिका–६ मा साविक नेकपा एमालेबाट वडाध्यक्ष पदमा प्रतिस्पर्धामा रहेका थिए। पार्टी एकतापश्चात् उनी नेकपाको स्थानीय नेताको रूपमा राजनीतिमा सक्रिय थिए। फाइल तस्बिर