सवारी दुर्घ’टनामा १२ जनाको मृ’त्यु




काठमाडौँ– भक्तपुर, झापा, महोत्तरी, मोरङ, रोल्पा, ईलाम, नवलपरासी(पश्चिम), रुपन्देही, सिरहा र धनुषाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घ’टनामा परी १२ जनाको मृ’त्यु भएको छ ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-४ एसएस चोकमा बा.७३ प ३८२ नम्बरको स्कुटर आफै अनि’यन्त्रित भई सोमबार राति दुर्घ’टना हुँदा स्कुटर चालक सोही नगरपालिका-९ राधे-राधे बस्ने २९ वर्षीय राजु तामाङको मृ’त्यु भएको छ ।दुर्घ’टनामा ग’म्भीर घा’इते भएका उनको मध्यपुर अस्पताल ठिमी हुँदै थप उपचारको लागि नर्भिक अस्पताल थापाथली लैजाने क्रममा बाटोमै मृ’त्यु भएको हो ।झापाको दमक नगरपालिका-४ ताराबारीस्थित सडकमा मे.१ त ६१९६ नम्बरको ट्याक्टरको ठ’क्करबाट सोही ठाउँ बस्ने तुलसी प्रसाद धिमालको छोरा ८ वर्षीय जेनिस धिमालको सोमबार दिउँसो मृ’त्यु भएको छ ।

ठ’क्करबाट ग’म्भीर घा’इते भएका उनको अरनीको अस्पताल उर्लाबारी मोरङमा उपचारको क्रममा मृ’त्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले निय’न्त्रणमा लिएको छ ।

महोत्तरीको रामगोपालपुर नगरपालिका-९ गोठ-बनौली भित्री सडकमा गोरू गाडाले कि’च्दा सोही ठाउँ माईती घर बस्ने अमृता देवी यादवको छोरा अन्दाजी ३ वर्षीय आयुष यादवको सोमबार दिउँसो मृ’त्यु भएको छ ।

बाटोमा खेलिरहेको अवस्थामा गोरू गाडाले कि’च्दा ग’म्भीर घा’इते भएका उनको उपचारको लागि जिल्ला अस्पताल जलेश्वरतर्फ लैजाने क्रममा बाटोमै मृ’त्यु भएको हो । गोरु गाडा र गाडा चलाउने व्यक्तिलाई प्रहरीले निय’न्त्रणमा लिएको छ ।

मोरङको विराटनगर महानगरपालिका-९ बुद्धचोकस्थित सडकमा को.१२ प ३५६ नम्बरको मोटरसाइकलबाट ल’डेर सोही महानगरपालिका-१५ रामजानकी चोक बस्ने ६० वर्षीया मनकामना झाको सोमबार दिउँसो मृ’त्यु भएको छ ।

बिरामी भएकी झालाई उनकै छोराले मोटरसाइकलमा राखी अस्पतालतर्फ लैजाने क्रममा मोटरसाइकलबाट ल’ड्दा ग’म्भीर घा’इते भएकी उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृ’त्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले निय’न्त्रणमा लिएको छ ।

रोल्पाको सुनछहारी गाउँपालिका-५ पोवाङस्थित सडकमा रा.१ त ३०८२ नम्बरको ट्याक्टर ब्याक गर्ने क्रममा सडकबाट अन्दाजी २ सय मिटर तल ख’सेर सोमबार साँझ दुर्घ’टना हुँदा ट्याक्टर चालक त्रिबेणी गाउँपालिका-७ बस्ने २४ वर्षीय टेक बहादुर बिकको मृ’त्यु भएको छ ।

दुर्घ’टनामा ग’म्भीर घा’इते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारको क्रममा मृ’त्यु भएको हो ।

ईलामको फाकफोकथुम गाउँपालिका-५ थुम्का भिरस्थित सडकमा को.२ च १५ नम्बरको पिकअप गाडी आफै अनि’यन्त्रित भई सोमबार दिउँसो दुर्घ’टना हुँदा पिकअपमा सवार माई नगरपालिका-९ बस्ने ४० वर्षीय दिनेश लिम्बु लगायत २ जनाको घट’नास्थलमै मृ’त्यु भएको छ ।

साथै दुर्घ’टनामा घा’इते भएका १ जनालाई जिल्ला अस्पताल ईलाम हुँदै थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ । पिकअप गाडीका चालकलाई सामान्य उपचार पछि प्रहरीले निय’न्त्रणमा लिएको छ ।

नवलपरासी(पश्चिम)को रामग्राम नगरपालिका-१० नदुवास्थित सडकमा लु.४३ प २८८५ नम्बरको मोटरसाइकलको ठ’क्करबाट पैदलयात्री सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय सिताराम गुप्ताको सोमबार दिउँसो मृ’त्यु भएको छ ।

दुर्घ’टनामा ग’म्भीर घा’इते भएका उनको जिल्ला अस्पताल हुँदै क्रिमसन अस्पताल मणिग्राम रुपन्देहीमा थप उपचारको क्रममा मृ’त्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले निय’न्त्रणमा लिएको छ ।

रुपन्देहीको देवदह नगरपालिका-९ भलुहीस्थित सडकमा लु.१ च ६७५९ नम्बरको पिकअप गाडीले लु.५७ प ९९१४ नन्बरको मोटरसाइकललाई सोमबार राति ठ’क्कर दिंदा मोटरसाइकल चालक देवदह नगरपालिका-७ बस्ने २८ वर्षीय निरज ढकालको मृ’त्यु भएको छ ।

दुर्घ’टनामा ग’म्भीर घा’इते भएका उनको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृ’त्यु भएको हो । साथै दुर्घ’टनामा घा’इते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फ’रार पिकअप गाडीका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सिरहाको धनगढीमाई नगरपालिका-९ मुसरहर्नियास्थित सडकमा लु.६२ प ७६७० नम्बरको मोटरसाइकल आफै अनिय’न्त्रित भई सोमबार राति दुर्घ’टना हुँदा मोटरसाइकल चालक सिरहा नगरपालिका-१९ बस्ने २७ वर्षीय प्रदिप यादवको मृ’त्यु भएको छ ।

दुर्घ’टनामा ग’म्भीर घा’इते भएका उनको धनगढीस्थित आरकेमेडिसिटि हुँदै थप उपचारको लागि नोबेल अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृ’त्यु भएको हो । साथै दुर्घ’टनामा घा’इते भएका मोटरसाइकलमा सवार १ जनाको आरकेमेडिसिटिमा उपचार भइरहेको छ ।

यसैगरी सिरहाको बरियारपट्टी गाउँपालिका-३ स्थित सडकमा रोकी राखेको स.१० प ४६५९ नम्बरको मोटरसाइकलमा स.४ प ७१९७ नम्बरको मोटरसाइकल आइतबार ठ’क्कर खाई दुर्घ’टना हुँदा घा’इते भएका स.४ प ७१९७ नम्बरको मोटरसाइकलका चालक औरही गाउँपालिका-५ बस्ने अन्दाजी ३० वर्षीय देव कुमार ठाकुरको मृ’त्यु भएको छ ।

दुर्घ’टनामा घा’इते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचार क्रममा सोमबार मृ’त्यु भएको हो । दुवै मोटरसाइकल प्रहरीको निय’न्त्रणमा रहेको छ ।

धनुषाको मिथिला नगरपालिका-८ बडहरीस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले ज.७ प ५९८६ नम्बरको मोटरसाइकललाई सोमबार राति ठ’क्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-१ लक्ष्मीनिवास बस्ने अन्दाजी २५ वर्षीय पंचदेव साहको मृ’त्यु भएको छ ।

दुर्घ’टनामा ग’म्भीर घा’इते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लैजाने क्रममा बाटोमै मृ’त्यु भएको हो । ठ’क्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घ’टनाका सम्बन्धमा स्थानीय प्रहरीले उ’द्दार कार्य एवं थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *