धनगढीको ६ लेन सडकमा गुडिरहेको बस रातिको १२ बजे घर भित्र पसेपछि…





धनगढी : धनगढीको ६ लेन सडक अन्तरगत शनिबार राति एक यात्रु बाहक बस घरभित्र पसेको छ । अनियन्त्रित भएको सो बस धनगढी मिलन चौकस्थित एक घरको भित्ता फोडेर पसेको हो ।

राति १२ बजेको समयमा ना५ख ४१७ नम्बरको बस अनियन्त्रित भइ घरको भित्ता फोडेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले दिनेशखबरलाई जानकारी दिए । बस र घरमा क्षति भएपनि मानवनीय क्षति भने नभएको प्रहरीले जनाएको छ । डोटीको जोरायल गाउँपालिका घर भएका २२ वर्षीय गाडी चालक मानबहादुर डाँगीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रोत : दिनेशखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *