कक्षा १२ को प्रश्नपत्र परीक्षा हुनुभन्दा बाहिरियो




काठमाडौं । कोरोना संकटबीच सुरु भएको कक्षा १२ को परीक्षामा डरलाग्दो तरिकाले अनियमितता भएको पाइएको छ । केहि दिन पहिले सामाजिक सञ्जालमा मोबाइलमा हेर्दै लेखेको भिडियो एकदम भाइरल भइरहेको थियो । यो बीचमा अहिले थप नयाँ खुलासा भएको छ ।

९ मंसिरदेखि जारी कक्षा–१२ को परीक्षाअन्तर्गत ११ मंसिरको फिजिक्सको प्रश्नपत्र परीक्षा हुनुभन्दा १३ घन्टाअघि नै बाहिरिएको खुलेको छ । बुटवलका एक शिक्षकका अनुसार फिजिक्सको प्रश्नपत्र परीक्षा हुनुभन्दा १३ घन्टाअघि नै बाहिरिएर विद्यार्थीहरुको फेसबुक ग्रुपमा आइसकेको थियो ।

आजको नयाँ पत्रिकामा छापिएको खबर अनुसार, ‘बुटवलमा अघिल्लो साँझ ७ बजे केही ब्यक्तिमाझ प्रश्नपत्र पुगेको थियो । भोलिपल्ट पेपर पाएपछि शिक्षकहरुले सामाजिक संजालमा आएको र परीक्षाका लागि मेलमा पठाएको पेपर एकै भएको देखेपछि तत्काल पनिकालाई जानकारी गराएका थिए ।

परीक्षा बोर्डका अधिकारीले गल्ती स्वीकार नगरी उल्टै शिक्षकलाई प्रहरी लगाएर समात्ने धम्की दिएपछि कुरा सेलायो ।’ यसबारेमा राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिब, परीक्षा उपनियन्त्रक र प्रदेश परीक्षा कार्यालय प्रमुख पूर्ण जानकार रहेको उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *