काठमाडौं, १३ मंसिर । काठमाडौँको शङ्खमूल नजिक आज साँझ भएको मोटरसाइकल दुर्घ’टनामा एकको मृ’त्यु भएको छ । अर्का एक जना घा’इते भएका छन् ।कोटेश्वरबाट कोरिडोर सडक हुँदै शङ्खमूलतर्फ आउँदै गरेको बा ३६ प ६५३१ नम्बरको मोटरसाइकल र सोही दिशातर्फ आउँदै गरेको प्रदेश ३०२००६ प ८८०० नम्बरको मोटरसाइकल ठक्कर खाँदा उक्त दुर्घ’टना भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
साँझ ६ः४५ बजे भएको उक्त दुर्घ’टनामा ग’म्भीर घा’इते भएका कोटेश्वर निवासी २२ वर्षीय सुदीप तिमिल्सिनाको नागरिक अस्पताल बानेश्वरमा उपचारका क्रममा ७ः२५ बजे मृ’त्यु भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए ।
अर्को मोटरसाइकलमा सवार सानु खान घाइ’ते रहेको र उनको सोही अस्पतालमा उपचार भइरहेको बानेश्वर प्रहरीले जनाएको छ । सीसी क्यामराको श्रव्यदृष्य हेरेपछि मात्रै अन्य घट’नाको विवरण खुल्ने प्रहरीले जानकारी दिएको छ ।