गुल्मीमा जीप दुर्घ’टना हुँदा पाँचजनाको ज्या’न गयो





गुल्मी, १२ मङ्सिर । गुल्मीमा जीप दुर्घ’टना हुँदा ५ जनाको मृ’त्यु भएको छ । जीपमा सवार २ जना ग’म्भीर घा’इते भएका छन् ।शुक्रबार बिहान इस्माबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप इस्मा गाउँपालिका वडा नम्बर–४ को हुल भन्‍ने स्थानमा दुर्घ’टना हुँदा ५ जनाको घट’नास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार जीपमा चालकसहित ९ जना सवार थिए ।

दुर्घ’टनामा इस्मा गाउँपालिका–४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० वर्षीया सुन्दरी थापाको ज्यान गएको जनाइएको छ ।

दुर्घ’टनामा इस्मा गाउँपालिका–४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीय सरस्वती दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घा’इते भएका छन् । चालक बुद्ध बस्नेत सकुशल रहेका प्रहरीले जनाएको छ । घा’इतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ ।

दुर्घ’टनामा परेको जीप सडकबाट करिब ४ सय मिटर तल खसेको छ । चालक र सहचालकलाई इस्मा प्रहरीले निय’न्त्रणमा लिएको छ ।
दुर्घ’टनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधिहरु उद्दारमा जुटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *