देवी मन्दिरमा युवतीको नाममा घटना, आशिषको मृत्युपछि फरार रुपेश पक्राउ
काठमाडौ । काठमाडौको टोखा नगरपालिका–५ देवी मन्दिरमा गोरखा अजिरकोट नगरपालिका घर भई काठमाडौं धापासी हाईट बस्ने २५ वर्षीय आशिष मगरलाई कर्तव्य ज्यानको अभियोगमा उदयपुर गाईघाट घर भएका २० वर्षीय रुपेश आले मगरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।रुपेशको समूह र मृतक आशिष मगरको समूहबीच कात्तिक १४ गते केटी साथीको विषयमा विवाद भई भएको घटनाका क्रममा रुपेशले आशिषको समुहबाट गम्भीर घाइते भएका आशिषको चिरायु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनापश्चात फरार रुपेशलाई महानगरीय अपराध महाशाखाको प्रहरीले सुनसरी धरान उपमहानगरपालिका–८ भानुचोकबाट पक्राउ गरेको हो । साथै घटनामा प्रयोग भएको छुरा काठमाडौं महानगरपालिका–३ बाँसबारी क्लब, गंगा गल्लीस्थित तरकारी बारीबाट प्रहरीले बरामद गरेको छ ।घटनामा संलग्न रहेका अन्य तीन जनालाई गत शनिबार नै पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको र पक्राउ परेका रुपेशलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगंज पठाइएको उक्त महाशाखाले जनाएको छ ।