काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ४३७ जनाले को’रोना जितेका छन् । याे सँगै निकाे हुनेकाे संख्या २ लाख ९ हजार ४३५ पुगेकाे छ ।देशभर आज १ हजार ६१४ लाई कोरोना भाइरस सं’क्रमण पु’ष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४९१ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ६१४ लाई कोरोना पोजेटिभ देखिएको हो ।
यो सँगै नेपालमा कोरोना सं’क्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ । यस्तै २३ संक्र’मितको मृ’त्यु भएको छ । हालसम्म कोरोना सं’क्रमित मृ’तकको संख्या १ हजार ४१२ पुगेको छ । स’क्रिय सं’क्रमितको संख्या १६ हजार ७९३ रहेको छ ।