बैतडीमा भत्ता पाएर खुसी भई घर फर्किरहेका बृद्धआमाबुवा मंगलबार जिप दुर्घ’टना हुँदा मृ’त्यु





भगीरथ अवस्थी, बैतडी,९ मंसिर- बैतडीमा मंगलबार जिप दुर्घ’टना हुँदा ५ जनाको मृ’त्यु भएको छ । बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने स्थानमा दिउँसो डेढ दुर्घ’टनामा परेको हो ।

दुर्घ’टनामा परेर बैतडीको सुर्नया गाउँपालिका ४ का ७५ बर्षीय कलावती चन्द, दशरथचन्द नगरपालिका ४ का ७५ बर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका ५ बस्कोटका ७० बर्षीय पार्वतीदेवी चन्द,सोही ठाउँका ७२ बर्षीय पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ बर्षीय कृष्णलाल लावडको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिनुभयो ।


दुर्घ’टनामा परी ४ जना घा’इते भएका छन् । घा’इतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

तीव्र गतिमा रहेका जिप अनि’यन्त्रित भएर दुर्घ’टनामा परेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । जिप सडकबाट करीब एक सय मिटर तल खसेको छ । दुर्घ’टना बित्तिकै फरार रहेका जिप चालक गोपाल कार्कीको खोजी भईरहेको प्रहरीले जनाएको छ । दुर्घ’टनामा परेर मृ’त्यु भएका सबै नागरिक भारतबाट पेन्सन बुझेर आउँदै गरेका बुझिएको छ । गएको चैतदेखि पेन्सन बुझ्न नपाउँदा पेन्सनधारीहरुका लागि सोमबारदेखि शुक्रबार सम्मका लागि झुलाघाट नाका खोलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *