दु:खद खबर जीप आफै गुडेर भीरबाट ख’सेपछि ८ जना र’हेनन्





काठमाडौ । बाग्लुङ, बडीगार्ड गाउँपालिका-५ दाँगास्थित सडकमा रोकेर सामान लोड गर्दै गरेको लु.१ ज ४३७० नम्बरको जिप आँफै गुडेर सडकबाट करिब ४ सय मिटर तल ख’सेर सोमबार बिहान दुर्घ’टना हुँदा जिपमा सवार बडिगार्ड गाउँपालिका-५ दागा बस्ने २२ वर्षीया टेकमाया राना र उनकी ८ महिनाकी छोरी छाँया रानाको घट’नास्थलमै मृ’त्यु भएको छ । दुर्घ’टना ग’म्भीर घा’इते भएकी सोही ठाउँ बस्ने ६० वर्षीया गौमती रोक्काको स्थानीय मेडिकलमा उपचार भईरहेको छ ।

जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रुपन्देही, तिलोत्तमा नगरपालिका-७ भलवारीस्थित सडकमा लु.२४ प ७५०६ नम्बरको मोटरसाइकल आफै अनि’यन्त्रित भई आइतबार राति दुर्घ’टना हुँदा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका-१५ मधवलिया बस्ने २७ वर्षीय बिकाश चौधरी र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय हरि गुरुङको मृ’त्यु भएको छ ।

दुर्घ’टनामा ग’म्भीर घा’इते भएका उनीहरूको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृ’त्यु भएको हो । दुर्घ’टनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यता झापा, कञ्चनपुर, पाल्पा र पर्साका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घ’टनामा परी ४ जनाको मृ’त्यु भएको छ । झापा, बिर्तामोड नगरपालिका-६ स्टाफ चोकमा मे.१ ज ३११९ नम्बरको गाडीको ठ’क्करबाट पैदलयात्री तेह्रथुम आठराई गाउँपालिका-६ बस्ने २५ वर्षीय केवल खवासको आइतबार साँझ मृ’त्यु भएको छ । ठक्क’रबाट ग’म्भीर घा’इते भएका केवलको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृ’त्यु भएको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-६ हात्तीबोझास्थित सडकमा ‘अनटेष्ट’ लेखिएको मोटरसाइकल आफैं अनियन्त्रित भई आइतबार साँझ दुर्घ’टना हुँदा मोटरसाइकलका चालक सोही नगरपालिका-८ पचुई बस्ने २० वर्षीय हेमन्त बहादुर चन्दको मृ’त्यु भएको छ । दुर्घ’टनामा ग’म्भीर घा’इते भएका हेमन्तको प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृ’त्यु भएको हो । दुर्घ’टनामा घा’इते भएका मोटरसाइकलमा सवार अर्का १ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ ।

पाल्पा, रामपुर नगरपालिका-७ बट्टारस्थित सडकमा लु.५० प ६२१ नम्बरको स्कुटर आफैं अनि’यन्त्रित भई आइतबार राति दुर्घ’टना हुँदा स्कुटरका चालक सोही ठाउँ बस्ने २२ वर्षीय जिवन रानाको घट’नास्थलमै मृत्यु भएको छ । पर्सा, धोबिनी गाउँपालिका-४ बखरीस्थित सडकमा प्रदेश २-०३-००१-१८३४ नम्बरको थ्रेसर मेसिन सहितको ट्याक्टर आफैं अनि’यन्त्रित भई आइतबार राति दुर्घ’टना हुँदा टयाक्टरमा सवार सोही ठाउँ बस्ने ५५ वर्षीय जमुना साहको मृ’त्यु भएको छ ।

दुर्घ’टनामा ग’म्भीर घा’इते भएका उनको उपचारको लागि नारायणी अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृ’त्यु भएको हो । दुर्घ’टनामा घा’इते भएका अर्का १ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ । फ’रार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घ’टनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share this:

Leave a Reply

Your email address will not be published. Required fields are marked *