हजुरआमाको नातिले ज्या’न लि’ए ५ जना घा’इते, श्रीमानले शंका गरेर श्रीमतीको लिए





दाङ । आफ्नै हजुरआमा ८४ वर्षीया केशरी घर्तीलाई दाउराको चिर्पट प्रयागबाट नातिले लिएका छन् ज्या’न । यो अभि’योगमा गढवा गाउँपालिका-१ चिसापानी बस्ने २८ वर्षीय जिवन घर्तीलाई सोमबार बिहान प्रहरीले प’क्राउ गरेको छ ।

मानसिक सन्तुलन गुमाएको बताइएका जिवनले आफ्नै हजुरआमा, २८ वर्षीया श्रीमती, ९ वर्षीय छोरा, ६ वर्षीया छोरी र ३० वर्षीय दाजु समेत ५ जनालाई घरमा सुतिरहेको अवस्थामा एक्कासी चिर्पटले प्रयोग गरी घा’ईते बनाएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरीले जिवनलाई प’क्राउ गरेको हो ।

घट’नाबाट ग’म्भीर घा’इते भएकी केशरी घर्तीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृ’त्यु भएको हो । सामान्य घा’इते भएका उनका दाजुको स्थानीय स्तरमा र गम्भीर घा’इते भएका अन्य ३ जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यता झापामा खु’कुरी प्रयोग गरेर आफ्नै श्रीमतीको श्रीमानले लिएका छन् ज्या’न । यो अभियोगमा दमक नगरपालिका-१ बस्ने ४७ वर्षीय चुडामणि भण्डारीलाई आइतबार साँझ प्रहरीले प’क्राउ गरेको छ ।

उनकी श्रीमती ३८ वर्षीया टिका देवी पौडेल र सोही नगरपालिका-२ बस्ने ३५ वर्षीय प्रकाशचन्द्र दाहाल कमल गाउँपालिका-६ जिवन चोकस्थित खेतमा धान उठाउन गएको अवस्थामा चुडमणिले दुवै जनालाई खु’कुरी प्रयोग गर्दा टिकाको घट’नास्थलमै मृ’त्यु भएको र प्रकाशचन्द्र घा’इते भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई प’क्राउ गरेको हो । घा’इतेको एड्भान्स अस्पताल दमकमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *